Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै

    सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै

    नेपालमञ्च संवाददाता
    असोज ८ २०७९, शनिबार
    483
    SHARES

    काठमाडौं : सत्तारुढ दलको बैठक आज पनि बस्दैछ । आसन्न संघीय र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।

    डेढ महिनादेखिको सिट बाँडफाँटको छलफल अझै टुंगिएको छैन । शुक्रबार दिनभर छलफल चलेपनि दलहरुबीच सहमति नजुटेपछि आज बिहान ११ बजे फेरि बस्ने नेताहरुले जनाएका छन् ।

    दलहरुले १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेश सभा निर्वाचन क्षेत्रको सिट बाँडफाँट टुंग्याउने गरी छलफल भइरहेको जनाएका छन्।

    दलहरुले सुरुमा कार्यदल बनाएर सहमतिको प्रयास गरेका गरेका थिए । तर कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष नेताहरु नै सिट बाँडफाँट टुंग्याउन निरन्तर छलफलमा छन् । नेताहरुले केहि दिनमै सहमति जुट्ने दावी गरेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend