Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • सत्यमोहन जोशीलाई डेंगु संक्रमण

    सत्यमोहन जोशीलाई डेंगु संक्रमण

    नेपालमञ्च संवाददाता
    असोज ७ २०७९, शुक्रबार
    387
    SHARES

    काठमाडौं: शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएको छ ।

    विगत केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरूचि हुने जस्ता समस्या देखिए पनि उनलाई शुक्रबार किस्ट अस्पतालमा भर्ना गरिएको छ ।

    चिकित्सकहरूले स्वास्थ्य जाँच गर्दा डेंगु संक्रमण पुष्टि भएको हो । अहिले उनको अस्पतालमा चिकित्सकहरूको निरन्तर निगरानीमा उपचार भइरहेको छ ।

    जोशीलाई विभिन्न विभाग (मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी) का चिकित्सकले संयुक्त जाँच गरेको अस्पतालले जनाएको छ।

    अस्पतालका अनुसार उनलाई हाल डिलक्स क्याबिनमा सुक्ष्म निगरानीमा राखिएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend