Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • एमालेविरुद्ध लाग्नेलाई ध्वस्त पार्न ओलीको निर्देशन

    एमालेविरुद्ध लाग्नेलाई ध्वस्त पार्न ओलीको निर्देशन

    नेपालमञ्च संवाददाता
    असोज ७ २०७९, शुक्रबार
    510
    SHARES

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध भ्रम फैलाउनेलाई अरिङाल भएर ध्वस्त पार्न निर्देशन दिएका छन् ।

    उनले एमालेविरुद्ध सञ्चारमाध्यमहरुले भ्रम फैलाइरहेको आरोप लगाउँदै कार्यकर्ताहरुलाई चुप लागेर नबस्न निर्देशन दिएका हुन् ।

    शुक्रबार युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीमाथि हुने आक्रमणको कडारुपमा प्रतिवाद गर्न उक्साएका हुन् ।

    ‘हामीविरुद्ध सञ्चारमाध्यमहरु झुसे बारुलो भएर खनिन हुने, हामी चाहिँ अरिङाल हुन नहुने ? उनले भने, ‘हाम्राविरुद्ध भ्रम फिजाउने, प्रचारबाजी गर्नेहरुलाई अरिङाल भएर ध्वस्त पार्नैपर्छ ।’

    ओलीले एमालेमाथि आक्रमण गर्नेलाई अरिङ्गाल नै लगाउने चेतावनी दिए । साथै उनले युवा संघलाई सक्रिय हुन पनि निर्देशन दिए ।

    ‘सञ्चारप्रविधिको प्रयोग गर्नूस् । र हाम्राविरुद्ध उभिनेलाई तह लगाउनूस्,’ ओलीले भने ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend