२०७७, २३ फाल्गुन आईतवार
Nepal 1:37:26 pm
Trending
अखिल नेपाल फुटबल संघ (एन्फा) आगलागी ईलाका प्रहरी कार्यालय दुहबी ऋषिराम कट्टेल केपी शर्मा ओली कोरोना खोप कोरोनाविरुद्धको खोप गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड ज्योति लाइफ इन्स्योरेन्स डा बाबुराम भट्टराई डा शशांक कोइराला तिलोत्तमा नगर समिति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धर्मेन्द्र बास्तोला नर्भिक अस्पताल नविन्द्रराज जोशी नारायणगढ-मुग्लिन सडक निर्वाचन आयोग नेकपा नामको आधिकारीता नेत्रविक्रम चन्द विप्लव नेपाली कांग्रेस पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वाञ्चल क्यान्सर अस्पताल प्रचण्ड-नेपाल प्रचण्ड-नेपाल समूह प्रचण्ड-माधव समूह प्रतिनिधिसभा अधिवेशन प्रतिनिधिसभा विघटन मेलम्ची मेलम्ची खानेपानी आयोजना मौसम पूर्वानुमान महाशाखा राजीनामा वार्ता टोली शंकर पोखरल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसद् पुनःस्थापना सत्ता समिकरण सर्वाेच्च अदालत सर्वोच्च अदालत सुनको मूल्य सुरक्षा परिषद् स्थायी कमिटी बैठक स्पार्क हेल्थ होम
राष्ट्रपति देशको साझा बन्न सक्नु भएन : रावल
नेपालमञ्च संवाददाता
२०७७ पुष १७ शुक्रबार
  •  
  •  
  •  
  •  

450

डोटी । नेकपा प्रचण्ड-माधव समूहका नेता भिम रावलले राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको संरक्षक बन्न नसकेको बताएका छन् ।

प्रचण्ड–माधव समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई शुक्रबार सम्बोधन गर्दै नेता रावलले राष्ट्रपति देशको साझा बन्न नसकेको बताए । ‘राष्ट्रपति संविधानको संरक्षक हुन सक्नु पर्ने थियो, संविधानको भावनाअनुसार काम गर्न सक्नु पर्ने थियो,’ रावलले भने, ‘तर राष्ट्रपति कुनै गुटको वा पक्षको जस्तो मात्रै देखिनु भयो ।’

आफैंले फिर्ता लिएको अध्यादेश फेरि प्रमाणित गर्दा एक पटक सोच्नु पर्नेमा उनले प्रधानमन्त्रीले जे भन्यो त्यही गरेको उनको भनाइ थियो । राष्ट्रपतिले संविधानमा के लेखेको छ भन्ने कुरा एक पटक अध्ययन गर्नु पर्ने उनको भनाइ थियो ।

आफू नेकपा विवादको प्रत्यक्ष साक्षी रहेको भन्दै उनले ‘प्रधानमन्त्री ओलीले आफूलाई पार्टीबाट असहयोग भएको भनेर आरोप लगाउनुमा कुनै तुक नभएको बताए।

प्रदेश सदस्यहरुलाई निर्देशन दिँदै रावलले भने, ‘अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको नेकपा नै आधिकारिक पार्टी हो, ढुक्क भएर संगठन विस्तारमा लाग्नुहोस् ।’

नेता रावलले केन्द्रीय कमिटीका चार सय ३४ सदस्यमध्ये आफूहरुसँग तीन सय १५ सदस्य रहेको दाबी गरे ।

भर्खरै