Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • राष्ट्रपतिको कदमविरुद्धको रिटमा आज सुनुवाई हुने

    राष्ट्रपतिको कदमविरुद्धको रिटमा आज सुनुवाई हुने

    नेपालमञ्च संवाददाता
    असोज ७ २०७९, शुक्रबार
    228
    SHARES

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्धको पाँच वटा रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

    नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरी भण्डारीले निस्क्रिय पारेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।

    छुट्टाछुट्टै पाँच वटा रिटको पेसी आजका लागि तोकिएको हो ।

    संघीय संसदका दुवै सदनबाट दोहोर्‍याएर पारित भएको विधेयकलाई समयसीमा (१५ दिनभित्र) प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था राष्ट्रपतिले उल्लंघन गरेकी थिइन् ।

    राष्ट्रपतिविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंह, सरिता थापा, सागर बराल, देव शर्मालगायतले रिट दायर गरेका हुन् ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend