Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • बसको ठक्करबाट सल्लाघारीमा श्रेष्ठको मृत्यु

    बसको ठक्करबाट सल्लाघारीमा श्रेष्ठको मृत्यु

    नेपालमञ्च संवाददाता
    असोज ६ २०७९, बिहिबार
    132
    SHARES

    भक्तपुर : सूर्यविनायक नगरपालिका-८ स्थित सूर्यविनायक चोकमा सल्लाघारीबाट जगातितर्फ जाँदै गरेको बा १ प १५५१ नंको बसले ठक्कर दिदाँ एक पैदल यात्रुको मृत्यु भएको छ ।

    बसको ठक्करबाट घाइते हुनुभएका भक्तपुर नगरपालिका-१ दूधपाटी बस्ने ७२ वर्षीया दिलमाया श्रेष्ठको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

    प्रहरीले ठक्कर दिने सवारीसाधन र बसका चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई हाल काठमाडौँ बालाजु बस्ने २९ वर्षीय विनोद कार्कीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend