Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • भीमफेदीमा मिनिबस दुर्घटना : ६ जनाको मृत्यु

    भीमफेदीमा मिनिबस दुर्घटना : ६ जनाको मृत्यु

    नेपालमञ्च संवाददाता
    असोज ६ २०७९, बिहिबार
    345
    SHARES

    काठमाडौं : मकवानपुरको भीमफेदी गाउँपालिकास्थित जुरिखेतमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

    आज दिउँसो यात्रुवाहक मिनि बस दुर्घटना भएको हो । दुर्घटनामा ६ जनाको मृत्यु घटनास्थलमै मृत्यु भएको छ भने घाइतेको उद्धारका लागि प्रहरी खटिएको छ ।

    हेटौंडा–कुलेखानी सडकमार्गअन्तर्गत काठमाडौंबाट हेटौंडा जाँदै गरेको बा.३ ख ७८५८ नम्बरको बस जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो ।

    ओरालोमा ब्रेक नलागेपछि बस सडकबाट तल खसेको प्रहरीको अनुमान छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend