Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • यस्तो छ विदेशी मुद्राको विनिमय दर

    यस्तो छ विदेशी मुद्राको विनिमय दर

    नेपालमञ्च संवाददाता
    असोज ६ २०७९, बिहिबार
    234
    SHARES

    काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ६७ पैसा र बिक्रीमा १२८ रुपैयाँ २७ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद मूल्य १२६ रुपैयाँ ७४ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ३३ पैसा तोकेको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ २३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ५२ पैसा र बिक्री दर ९५ रुपैयाँ ९७ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८७ पैसा र बिक्रीमा ८ रुपैयाँ ९१ पैसा र चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ १३ पैसा र बिक्री मूल्य १८ रुपैयाँ २१ पैसा रहेको छ ।

    यसैगरी साउदी अरेवियन रियाल एकको खरिद दर ३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ११ पैसा, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३५ रुपैयाँ १० पैसा, युएई दिरहम एकको खरिद मूल्य ३४ रुपैयाँ ७६ पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ९२ पैसा, मलेसियन रिंग्गेट एकको खरिद दर २८ रुपैयाँ ४ पैसा र बिक्रीदर २८ रुपैयाँ १८ पैसा, कुवेती दिनार एकको खरिदमा ४१२ रुपैयाँ ८५ पैसा र बिक्रीमा ४१४ रुपैयाँ ७९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४३० रुपैयाँ २२ पैसा रहेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend