Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • धावक कार्की ललितपुरदेखि जनकपुरसम्म दौड्दै

    धावक कार्की ललितपुरदेखि जनकपुरसम्म दौड्दै

    नेपालमञ्च संवाददाता
    असोज ४ २०७९, मंगलबार
    84
    SHARES

    काठमाडौं : धावक रामसुन्दर कार्की ललितपुरको गोदावरी नगरपालिकादेखि जनकपुर रामजानकी मन्दिरसम्म दौडने भएका छन् ।

    १० मंसिरमा कार्कीले दौड यात्रा गोदावरी नगरपालिका-१ कार्कीटारमा आफैले निर्माण गरेको हनुमान मन्दिरबाट सुरु गर्नेछन् । १२ मंसिरमा जनकपुर पुग्नेछन् ।

    विगतमा सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यसाथ विभिन्न स्थानमा दौडिसकेका कार्की यसपटक आफैले निर्माण गरेको हनुमान मन्दिरमा गद्दा निर्माण गर्न सहयोग जुटाउने उद्देश्यले दौड्न लागेको कार्कीले जनाएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend