Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन आयोग पुगे विश्वप्रकाश

    कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन आयोग पुगे विश्वप्रकाश

    नेपालमञ्च संवाददाता
    असोज ३ २०७९, सोमबार
    201
    SHARES

    काठमाडौं : आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेका छन् ।

    आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । तर, अधिकांश दलहरुले अन्तिम दिन सोमबार बन्दसूची बुझाइरहेका छन् ।

    सोही क्रममा कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन महामन्त्री शर्मा कान्तिपथस्थित आयोगको कार्यालय पुगेका हुन् ।

    दलहरुले समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ११० र प्रदेशसभाका लागि २२० जना समानुपातिक उम्मेदवार बन्दसूची बुझाइरहेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend