Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • संविधान दिवसमा को को खेलाडीले पाए पदवी ?

    संविधान दिवसमा को को खेलाडीले पाए पदवी ?

    नेपालमञ्च संवाददाता
    असोज ३ २०७९, सोमबार
    39
    SHARES

    काठमाडौं : संविधान दिवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज केही खेलाडीलाई विभिन्न मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् ।

    घोषणा आज गरिए पनि खेलाडीलाई ती मानपदवी, अलङ्कार र पदक भने २०८० वैशाख १ गते राष्ट्रपति कार्यालयमा विशेष समारोहबीच प्रदान गरिने छ ।

    राष्ट्रपति भण्डारीले आज घोषणा गरेअनुसार तेकवान्दो खेलाडी दिपक विष्टलाई प्रबल जनसेवाश्री पाउने छन् । पौडी खेलाडी गौरिका सिंहलाई राष्ट्रदीप दिने घोषणा गरिएको छ ।

    खेलकुदकर्मीद्वय निलेन्द्रराज श्रेष्ठ र सुजनलाल श्रेष्ठ, खेलकुद प्रवर्तक जगत बहादुर खड्का, तोक्वान्दो खेलाडी पलेशा गोवर्धन, फुटबलका मुख्य प्रशिक्षक अरुणा गुरुङ, भलिवल खेलाडी अरुणा शाही, तेक्वान्दो खेलाडी र भजिन्द्र बहादुर क्षेत्रीलाई जनसेवाश्री दिने घोषणा राष्ट्रपतिले गरेकी छन् ।

    सुकीर्ति पदकबाट खेलाडीहरु रेणुका श्रेष्ठ, दिपक महर्जन, क्याम गुरुङ, मोतिकला गुरुङ, शिवध्वज देवान राई, रंजित तामाङ र क्रिकेटर प्रशान्त मल्ललाई विभूषित गरिनेछ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend