२०७७, २३ फाल्गुन आईतवार
Nepal 1:37:26 pm
Trending
अखिल नेपाल फुटबल संघ (एन्फा) आगलागी ईलाका प्रहरी कार्यालय दुहबी ऋषिराम कट्टेल केपी शर्मा ओली कोरोना खोप कोरोनाविरुद्धको खोप गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड ज्योति लाइफ इन्स्योरेन्स डा बाबुराम भट्टराई डा शशांक कोइराला तिलोत्तमा नगर समिति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धर्मेन्द्र बास्तोला नर्भिक अस्पताल नविन्द्रराज जोशी नारायणगढ-मुग्लिन सडक निर्वाचन आयोग नेकपा नामको आधिकारीता नेत्रविक्रम चन्द विप्लव नेपाली कांग्रेस पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वाञ्चल क्यान्सर अस्पताल प्रचण्ड-नेपाल प्रचण्ड-नेपाल समूह प्रचण्ड-माधव समूह प्रतिनिधिसभा अधिवेशन प्रतिनिधिसभा विघटन मेलम्ची मेलम्ची खानेपानी आयोजना मौसम पूर्वानुमान महाशाखा राजीनामा वार्ता टोली शंकर पोखरल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसद् पुनःस्थापना सत्ता समिकरण सर्वाेच्च अदालत सर्वोच्च अदालत सुनको मूल्य सुरक्षा परिषद् स्थायी कमिटी बैठक स्पार्क हेल्थ होम
रेलवेको सुरक्षार्थ खटियो सशस्त्र प्रहरी
नेपालमञ्च संवाददाता
२०७७ पुष १७ शुक्रबार
  •  
  •  
  •  
  •  

525

काठमाडौं । जनकपुर–जयनगर रेलवे सञ्चालनमा नआउँदै लिकका फलाम चोरी हुन थालेपछि सरकारले सशस्त्र प्रहरीलाई सुरक्षार्थ खटाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रेलवे सुरक्षाको जिम्मा सशस्त्रलाई दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले विकासको महत्वपूर्ण पूर्वाधार सञ्चालनमा नआउँदै रेलवे लिकका फलाम चोरी हुन थालेको खबर आएकाले सुरक्षाको जिम्मा सशस्त्रलाई दिइएको बताए । उनले भने, ‘केही अघि रेलवेको क्लीप चोरी भएको भन्ने विषय सार्वजनिक भयो, त्यसैले यसको सुरक्षा नियमित पुलिसिङबाट मात्र सम्भव नहुने भएकाले सशस्त्रलाई जिम्मा दिइएको हो ।’

सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्याल भने हालसम्म मन्त्रिपरिषदको निर्णय आफूहरु कहाँ आइनसकेकाले कसरी परिचालित हुने भन्ने विषय टुंगो लागि नसकेको बताउँछन् । यद्यपि, धनुषामा रहेको ८ नं। गण मातहतको बार्डर आउट पोष्ट ९बीओपी० ले सुरक्षाको जिम्मेवारी सम्हालिरहेको उनी बताउँछन् ।

गृह मन्त्रालयका अधिकारीहरुका अनुसार सशस्त्र प्रहरीलाई दिइएको जिम्मेवारी दीर्घकालसम्मका लागि भने होइन । ‘रेलवे ऐन बनिरहेको छ, त्यसमा रेल सम्बन्धी सुरक्षाका लागि छुट्टै डेडिकेटेड युनिटको परिकल्पना गरिएको छ’, स्रोतले भन्यो, ‘त्यसैले तत्कालका लागि सशस्त्र प्रहरीलाई जिम्मेवारी दिइएको हो ।’

अधिकारीहरुका अनुसार जनकपुर–जयनगर खण्डमा ३५ किलोमटर रेलवे लिक निर्माण भएको छ । त्यहाँ ७ सय बढी क्लिप चोरी भएको रिपोर्ट गृह मन्त्रालयमा पुगेको छ । चोरी गर्ने व्यक्तिले क्लिपलाई कबाडी कहाँ विक्री गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।

भर्खरै