Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • समानुपातिक उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक

    समानुपातिक उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक

    नेपालमञ्च संवाददाता
    असोज २ २०७९, आइतबार
    72
    SHARES

    काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली टुंग्याउने छ ।

    एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे जानकारी गराइएको अब टुंग्याइने बताए ।

    संघीयतर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवार टुंग्याउनुपर्नेछ ।

    ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आइतबार आजबाट सुरु हुँदैछ ।

    आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend