Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • भारतलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि बंगलादेशसँग भिड्ने

    भारतलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि बंगलादेशसँग भिड्ने

    नेपालमञ्च संवाददाता
    भाद्र ३१ २०७९, शुक्रबार
    252
    SHARES

    काठमाडौं : साफ वुमेन्स च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत नेपाल फाइनल प्रवेश गरेको छ ।

    शुक्रबार साँझ सम्पन्न सेमिफाइनल खेलमा नेपालले बलियो प्रतिद्वन्दी भारतलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

    दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले भारतलाई १-० ले हराएको हो । अब फाइनलमा नेपाल र बंगलादेशबीच सोमबार भीडन्त हुनेछ ।

    नेपालका लागि रश्मी घिसिङले निर्णायक गोली गरिन् । उनले खेलको ४५ औं मिनेटमा प्रिती राईको सटिक पासमा पेनाल्टी एरियाबाट सुन्दर प्रहार गरिन् ।

    यसअघि बंगलादेशले भुटानलाई हराउँदै फाइनल पुगेको थियो । बंगलादेशले भुटानलाई ८-० ले हराएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend