अमेरिकामा संक्रमणबाट ३ लाख ५४ हजार २१५ जनाको मृत्यु

काठमाडौं । अमेरिकामा नेपाली समय अनुसार पछिल्लो २४ घण्टामा ९३१ डिसम्बर० १७ लाख ८० हजार ४८५ जनाको नमुना परीक्षण गर्दा २ लाख २८ हजार ४१३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बुधबार १५ लाख ९१ हजार ९०५ जनाको नमुना परीक्षण गर्दा २ लाख ३४ हजार ७ सय ७५ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए ।

वर्डमिटर्सका अनुसार नेपाली समय अनुसार पुस १७ गते शुक्रबार बिहान ७।३० बजेसम्ममा २ करोड ४ लाख ४५ हजार ६ सय ५४ जना कोरोना भाइरसका संक्रमित पुगिसकेका छन् । कुल संक्रमितमध्ये १ करोड २१ लाख २५ हजार ८०६ जनालाई मात्र कोरोनाको संक्रमण निको भएको छ । नेपाली समय अनुसार पुष १७ विहान ७।३० बजेसम्ममा अमेरिकामा सक्रिय संक्रमितको संख्या नै ७९ लाख ६५ हजार ६ सय ३३ जना छन् ।

नेपाली समय अनुसार पुस १७ गते शुक्रबार बिहान ७।३० बजेसम्ममा अमेरिकाले २५ करोड ३५ लाख ४२ हजार ६ सय ४० जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ७ करोड ८२ लाख ६९ हजार ५१७ जनाको मात्र कोरोनाको नमुना परीक्षण गर्न बाँकी छ ।

पछिल्लो २४ घण्टामा ९३१ डिसेम्बर० अमेरिकामा ३ हजार ४३८ जनाको संक्रमणबाट मृत्यु भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट पुष १७ गते शुक्रबार बिहान ७।३० बजेसम्ममा ९नेपाली समय अनुसार० कुल संक्रमितमध्ये ३ लाख ५४ हजार २१५ जनाको मृत्यु भैसकेको छ । नेपाली समय अनुसार अमेरिकामा पुष १७ गते शुक्रबार बिहान ७।३० बजेसम्ममा अमेरिकामा २९ हजार २१४ जनाको अबस्था अत्यन्तै नाजुक छ ।

प्रतिक्रिया

TOP