Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत भिड्दै

    साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत भिड्दै

    नेपालमञ्च संवाददाता
    भाद्र २९ २०७९, बुधबार
    285
    SHARES

    काठमाडौं : १७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारतबीच खेल हुँदैछ । खेल आज बेलुका सवा ८ बजे श्रीलङ्काको रेस कोर्स मैदानमा हुनेछ ।

    अन्तिम चारमा भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि यात्रा तय गरेको हो भने नेपालले श्रीलङ्कालाई हराएर फाइनल पुगेको हो ।

    प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो ।

    १७ वर्षमुनिको नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतसँगको फाइनल खेल कठिन हुने तर उत्कृष्ट खेल्ने बताएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend