Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • थप २०३ जनामा कोरोना संक्रमण

    थप २०३ जनामा कोरोना संक्रमण

    नेपालमञ्च संवाददाता
    भाद्र २८ २०७९, मंगलबार
    96
    SHARES

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप दुई सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ५९ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

    संकलित नमूनामध्ये १३ सयलाई आरटी पिसीआर र तीन हजार सात सय ५९ नमूना एन्टीजेनबाट परीक्षण गरिएको थियो । त्यसमध्ये ८७ जनामा पिसीआरबाट र ११६ जनामा एन्टीजेनबाट संक्रमण देखिएको थियो ।

    नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या नौ लाख ८४ हजार सात सय १० पुगेको छ भने हाल २२ सय ३२ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै कोरोना संक्रमणबाट १२ सय १५ जनाले ज्यान गुमाएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend