Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • यु-१७ साफ : उपाधिका लागि नेपाल र भारत भिड्ने

    यु-१७ साफ : उपाधिका लागि नेपाल र भारत भिड्ने

    नेपालमञ्च संवाददाता
    भाद्र २८ २०७९, मंगलबार
    264
    SHARES

    काठमाडौं : श्रीलंकामा जारी यु-१७ साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

    सोमबार राति भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टिम श्रीलंमाथि ६-० को सहज जित निकाल्दै नेपालले फाइनल यात्रा तय गर्यो । नेपालले अब उपाधिका लागि भारतसँग खेल्नेछ ।

    कोलम्बोमा नेपाली टिमलाई जित दिलाउन हरिस भट्ट, प्रशान्त लक्षम, सुवास बम, निरोज कार्की, युनेश बुढाथोकी र सिजल राईले समान एक गोल गरे ।

    खेलको २१औं मिनेटमा कप्तान प्रशान्तको गोलबाट नेपालले अग्रता बनाएका थियो । त्यसको अर्को मिनेटमा नै हरिसले नेपालको अग्रता दोब्बर पारे ।

    यस्तै, ३०औं मिनेटमा सुवास बमले नेपालको अग्रतालाई ३-० मा पूर्याए । ३७औं मिनेटमा निरोज कार्कीले गोल गर्दै नेपालको अग्रतालाई अझ फराकिलो बनाए ।पहिलो हाफमा ४-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा दुई गोल थप्यो ।

    नेपालका युनेशले ५१ औं मिनटमा गोल गर्दै टिमको अग्रतालाई ५-० मा पूर्याए । यस्तै, खेलको अन्तिम मिनेटमा सिजल राईले गोल गरेपछि नेपालले ६-० को जित निश्चित गर्यो ।

    नेपालले बुधबार उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend