Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • राजा घोषणा गर्ने समारोहमा चार्ल्स तृतीय ‘रिसाएको’ भिडियो भाइरल

    राजा घोषणा गर्ने समारोहमा चार्ल्स तृतीय ‘रिसाएको’ भिडियो भाइरल

    नेपालमञ्च संवाददाता
    भाद्र २८ २०७९, मंगलबार
    285
    SHARES

    लन्डन : नयाँ राजालाई आधिकारिक रूपमा राजा घोषणा गर्ने समारोहमा शाही सहयोगीसँग ‘रिसाएको’ राजा चार्ल्स तृतीयको भिडियो इन्टरनेटमा भाइरल भएको छ ।

    बिहीबार महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि, एक्सेन्सन काउन्सिलले शनिबार राजा चार्ल्सलाई आधिकारिक उत्तराधिकारी घोषणा ग¥यो ।

    यद्यपि, उत्तराधिकारी घोषणामा हस्ताक्षर गर्नुअघि राजाले कागजातहरूमा आफ्नो नाम लेख्नअघि डेस्क खाली गर्न सहयोगीलाई रिसाउँदै इसारा गरेका थिए ।

    क्लिपमा राजा चार्ल्स सानो डेस्कमा पेन बक्स र मसी दुवै भएकोमा निराश देखिन्थे । उनले सहयोगीलाई डेस्क खाली गरेर सामानहरु पुनः व्यवस्थित गर्न इशारा गरेका थिए ।

    कागजातहरू राखेपछि राजा चार्ल्सले फेरि एक सहयोगीलाई टेबुलबाट पेन बक्स हटाउन संकेत गरेका थिए । त्यसपछि उनले एतिहासिक दस्तावेजमा हस्ताक्षर गरेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend