Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • श्रीलंकाविरुद्ध नेपालको शानदार जीत, समूह विजेता हुँदै सेमिफाइनल प्रवेश

    श्रीलंकाविरुद्ध नेपालको शानदार जीत, समूह विजेता हुँदै सेमिफाइनल प्रवेश

    नेपालमञ्च संवाददाता
    भाद्र २७ २०७९, सोमबार
    300
    SHARES

    काठमाडौं : महिला साफ च्याम्पियनसिप अन्तर्गत नेपालले श्रीलंकालाई पराजित गरेको छ। सोमबार दशरथ रंगशालामा नेपालले समूहको अन्तिम लिग खेलमा श्रीलंकालाई ६–० ले हराएको हो ।

    नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । नेपालले दुई खेलबाट ६ अंक बटुलेको छ । त्यस्तै यहि समूहबाट भुटान समूह उपविजेताका रूपमा अन्तिम चारमा पुगेको छ ।

    श्रीलंकाविरुद्धको खेलमा नेपालका लागि अमिशा कार्कीले दुई गोल गरिन् भने रश्मिकुमारी घिसिङ, सरु लिम्बू, अमृता जैसी र दीपा शाहीले एक–एक गोल गरिन् ।

    पहिलो हाफमा चार गोलले अगाडि रहेको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्दै सेमिफाइनको यात्रा तय गरेको हो । अहिलेसम्म श्रीलंकासँग नेपाल आठ खेलमा विजयी भएको हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend