Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • बाइडेन बेलायतकी महारनी एलिजाबेथ द्वितीयको अन्तेष्टिमा सहभागी हुने

    बाइडेन बेलायतकी महारनी एलिजाबेथ द्वितीयको अन्तेष्टिमा सहभागी हुने

    नेपालमञ्च संवाददाता
    भाद्र २७ २०७९, सोमबार
    213
    SHARES

    एजेन्सी :अमेरिकी राष्ट्रपति जो बाइडेन बेलायतकी महारनी एलिजाबेथ द्धितीयको अन्तेष्टिमा सहभागी हुने भएका छन् ।

    बिहीबार ९६ वर्षको उमेरमा निधन भएकी महारानीको १९ सेप्टेम्बरमा अन्तेष्टि हुँदै छ ।
    ‘राष्ट्रपति बाइडेनले औपचारिक रूपमा सेप्टेम्बर १९ मा महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि सेवामा उपस्थित हुने निमन्त्रणा स्वीकार गरेका छन्’, ह्वाइट हाउसले एक विज्ञप्तिमा भनेको छ ।

    बाइडेनसँगै प्रथम महिला पनि अन्तेष्टिमा सहभागी हुनेछिन् । यसअघि ह्वाइट हाउसले बाइडेन सेप्टेम्बर १८ मा न्यूयोर्क जाने र सेप्टेम्बर १९ र २० मा संयुक्त राष्ट्रसंघको महासभाको वार्षिक सत्रमा सहभागी हुने घोषणा गरेको थियो । बाइडेनले राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने नगर्ने बारेमा ह्वाइट हाउसले कुनै खुलासा गरेको छैन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend