Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • ७७ वटै जिल्लामा डेङ्गी संक्रमण पुष्टि, कात्तिकसम्म जोखिम

    ७७ वटै जिल्लामा डेङ्गी संक्रमण पुष्टि, कात्तिकसम्म जोखिम

    नेपालमञ्च संवाददाता
    भाद्र २७ २०७९, सोमबार
    66
    SHARES

    काठमाडौं : एक महिनाअघि सम्म केहि जिल्लामा छिटपुट देखिएको डेङ्गीको सङ्क्रमण देशभर फैलिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ७७ वटै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका ८ हजार ३ सय जनामा डेङ्गी पुष्टि भएको जनाएको छ ।

    महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले डेङ्गीकै कारण पाँच जनाको मृत्यु भएको बताए । मृत्यु भएका दुई जनामा डेंगी संक्रमणका साथै दीर्घरोगी रहेको बताए ।

    लामखुट्टेको टोकाइबाट सर्ने भएकाले डेङ्गीको रोकथामका लागि सरकारले देशभर नै लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान थालेको छ । यो अभियान तीन महिनासम्मै सञ्चालन हुने महाशाखाले जनाएको छ ।

    चिकिस्तकहरुले उच्च ज्वरो आए, जिउ दुखे, टाउको दुखे जथाभाबी औषधि नखान र अस्पताल जान सुझाव दिएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend