Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • पाकिस्तानमा बाढीले १८ अर्ब डलर बराबरको क्षति

    पाकिस्तानमा बाढीले १८ अर्ब डलर बराबरको क्षति

    नेपालमञ्च संवाददाता
    भाद्र २५ २०७९, शनिबार
    222
    SHARES

    इस्लामाबाद : पाकिस्तानमा अभूतपूर्व बाढीका कारण १८ अर्ब डलर मूल्य बराबरको नोक्शानी भएको छ सरकारले जनाएको छ । यसबअघि बाढीबाट साढे १२ अर्ब डलर मूल्य बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको थियो ।

    बाढीपछि कृषिको उत्पादनमा गम्भीर असर गरेको छ । बाढीले ८ दशमबल २५ मिलियन एकडमा लगाइएको बाली नष्ट गरेको छ । बाढीले कपास, धान र साना बालीलाई नराम्ररी क्षति पुगेको छ भने पानीको उचित व्यवस्थापन नहुँदा गहुँ उत्पादनमा गम्भीर समस्या आउन सक्ने अनुमान गरिएको छ ।

    पाकिस्तानमा वर्षापछिको बाढीले बाढीले एक तिहाई भूभाग जलमग्न छ । यो बाढी एक दशकपछिकै विनाशकारी भएको जनाइएको छ ।

    बाढी प्रभावित पाकिस्तानलाई सहयोग गर्न राष्ट्रसंघले आह्वान गरेको छ । अहिलेसम्म चीन, बेलायत, क्यानडालगायतका देशले सहयोग प्रदान गरेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend