Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • राधी विद्युत् कम्पनीको हकप्रद सेयर बिक्रीमा आउँदै

    राधी विद्युत् कम्पनीको हकप्रद सेयर बिक्रीमा आउँदै

    नेपालमञ्च संवाददाता
    भाद्र २३ २०७९, बिहिबार
    303
    SHARES

    काठमाडौं : राधी विद्युत् कम्पनीले ५ असोजदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । राधीले हकप्रद सेयर बिक्रीका लागि भदौ १२ गते बुक क्लोज गरिसकेको छ ।

    राधीको हकप्रद सेयरमा २५ असोजसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

    हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर र लमजुङको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

    यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । हाल राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ भन्दा बढी रहेको छ । हकप्रद बिक्रीपछि पुँजी करिब १ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend