कलाकार मानकृष्णको सहयोगार्थ फिल्म बन्‍ने

काठमाडौँ : नेपाल भाषाको टेलिश्रृङ्खला ुख्वताबजिुका चर्चित कलाकार हुन् मानकृष्ण वावा । अभिनयसँगै उनी हार्मोनियम र तबला प्रशिक्षक हुन् । हार्मोनियम उस्तादकै रुपमा उनी चिनिन्छन् । मानकृष्ण अभिनय र हार्मोनियमबाट आएको कमाइले नै जीवन गुजारा गर्दै आएका छन् ।

५७ वर्षीय मानकृष्ण फोक्सोको समस्याबाट पीडित छन् । डेढ वर्षदेखि उनी यो रोगबाट ग्रस्त छन् । भाडाको कोठामा बस्दै आएका उनी हरेक महिना उपचारका लागि अस्पताल धाउँछन् । खर्च लाग्छ, १५/२० हजार । आर्थिक हिसाबले उनको अवस्था नाजुक छ । अभिनय र तबला प्रशिक्षणबाट आउने केही रकम खाना र घरभाडामा सकिन्छ ।

केही समयअगाडि यही रोगले सिकिस्त परे उनी । औषधि खर्चसमेत तिर्न सकेनन् । १० वर्षदेखि अभिनय गर्दै आएको टेलिश्रृङ्खला ‘ख्वताबजि’ टिमले उनलाई डेढ लाख सहयोग गर्‍यो । मानकृष्णको आर्थिक अवस्था देखेर नै ‘ख्वताबजि’का निर्देशक सुरेन्द्र तुलाधरले उनको सहयोगार्थ फिल्म बनाउने निर्णय गरेका हुन् ।

प्रतिक्रिया

TOP