
कञ्चनपुरमा सुनका गरगहना लुटेर वृद्धाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–१ का ४८ वर्षीय दलबहादुर विक छन्।
पुस ११ गते राति सोही ठाउँकी छिमेकी समेत रहेकी ७१ वर्षीया खण्टी भुलको हत्या गरी गरगहना लुटेको आरोपमा शुक्रबार उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिए।
उनका अनुसार विकले वृद्धाको हत्या गरी लुटेका गरगहना समेत बरामद गरिएको छ।
यस्तै, सँगै केही राउण्ड गोली पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।
विकले ती वृद्धालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।
घटनाको यकिन तथ्य चाँडै सार्वजनिक गरिने डिएसपी थापाले बताए।
गत आइतबार दिउँसो खण्टी भुलको टाउको र अनुहारमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा घरभित्रै शव फेला परेको थियो।
प्रहरीका अनुसार मृतक वृद्धा घरमा एक्लै बस्दै आएकी थिइन्।
प्रतिक्रिया