Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • जसपा र हामी एउटै सरकारमा बस्न तयार छौँ : राजेन्द्र महतो

    जसपा र हामी एउटै सरकारमा बस्न तयार छौँ : राजेन्द्र महतो

    नेपालमञ्च संवाददाता
    साउन २४ २०७९, मंगलबार
    321
    SHARES

    काठमडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसद राजेन्द्र महतोले सरकारमा बस्ने वा नबस्ने कुरोको टुंगो चाँडै लाग्ने बताएका छन्।

    मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारमा सहभागी हुने र आगामी निर्वाचनको लागि गठबन्धन गर्ने बारेमा छलफल भइरहेको बताए ।

    ‘हामी चुनावको तयारीमा लागिसकेका छौं । गठबन्धनको सवाल पनि उठिरहेको छ । तर अहिले ५ दलीय जुन गठबन्धन हो त्यो गठबन्धनको तर्फबाटआमन्त्रण आइरहेको छ । कुरा पनि भइरहेको छ । चाँडै यो विषयमा हामी टुंगोमा पुग्नेछौं,’ उनले भने, ‘छैटौं दलको रुपमा गठबन्धनमा जाने हो वा होइन चाँडै हामी टुंगोमा पुग्छौँ । जसपा र हामी एउटै सरकारमा बसेर जान केही गाह्रो छैन । सरकारको कुरा पनि भइरहेको छ ।’

    उनले नागरिकता मुद्दाको विषयको सवालमा नै सरकारलाई सहयोग गर्न लागेको बताए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend