Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

    बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

    नेपालमञ्च संवाददाता
    साउन २४ २०७९, मंगलबार
    288
    SHARES

    एजेन्सी – बिहारको मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् । राज्यपाल फागु चौहानलाई भेटेर नितिश कुमारले राजीनामा दिएका हुन् ।

    राज्यपाललाई भेटेपछि नितिश कुमारले पत्रकारहरूलाई आफूले राजीनामा दिएको जानकारी दिए । उनले पार्टीका सबै विधायक र सांसदहरू एनडीएबाट अलग हुन चाहेको जिकिर गरे । गठबन्धनमा संलग्न बीजेपीसँग मतभेदका बीच जनता दल–यूले मंगलबार विधायक र सांसदहरूको बैठक बोलाएको थियो ।

    अब नितिश कुमारले आरजेडीको समर्थनमा नयाँ सरकार बनाउने विश्वास गरिएको छ । काँग्रेस र अन्य विपक्षी दलहरूले पनि नितिश कुमार नेतृत्वको नयाँ सरकारलाई समर्थन गर्ने संकेत गरेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend