Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • नरदेवी क्षेत्रमा प्रहरीले बढायो निगरानी, ३ जना हुण्डी कारोबारी पक्राउ

    नरदेवी क्षेत्रमा प्रहरीले बढायो निगरानी, ३ जना हुण्डी कारोबारी पक्राउ

    नेपालमञ्च संवाददाता
    साउन २४ २०७९, मंगलबार
    252
    SHARES

    काठमाडौँ – स्रोत नखुलेको ७४ लाख रुपैयाँसहित तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ उनीहरुलाई नरदेवीबाट पक्राउ गरेको हो । पछिल्लाे समय प्रहरीले नरदेवी क्षेत्रमा निगरानी बढाइरहेकाे छ ।

    पक्राउ पर्नेमा भारतको राजस्थानका ६४ वर्षीय राजु अग्रवाल, सिन्धुपाल्चोकको मेलम्चीका २० वर्षीय रामहरी दुलाल र रौतहटको चन्द्रपुरका २४ वर्षीय सुदिप आचार्य रहेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले नरदेवी क्षेत्रमा हुन्डी कारोबार हुने गरेको सूचनाका आधारमा छापा मारिएको बताए । पक्राउ परेकालाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend