Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • कांग्रेस जनप्रतिनिधिको दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले प्रशिक्षण दिने

    कांग्रेस जनप्रतिनिधिको दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले प्रशिक्षण दिने

    नेपालमञ्च संवाददाता
    साउन २४ २०७९, मंगलबार
    216
    SHARES

    काठमाडौं – आगामी ३० र ३१ साउनमा स्थानीय तहका जनप्रतिनिधिका लागि राखिएको शुभकामना तथा अभिमुखीकरण कार्यक्रममा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने भएका छन् ।

    नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएका छन् ।

    ‘ललितपुरमा हुने दुई दिने बधाई शुभकामना तथा अभिमुखीकरण कार्यक्रममा स्थानीय तह निर्वाचन २०७९ मा पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्षहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिन्छ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    जसअनुसार अभिमुखीकरण कार्यक्रममा सहभागी हुन चाहने जनप्रतिनिधिले २९ साउन बिहान १० बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा नाम दर्ता गर्नसमेत आग्रह गरिएको छ ।

    कांग्रेसको सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर स्थानीय तहका प्रमुख उपप्रमुखलाई प्रशिक्षण दिने निर्णय गरेको हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend