Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • अर्जेन्टिना पुगे गोलरक्षक सर्जियो रोमेरो

    अर्जेन्टिना पुगे गोलरक्षक सर्जियो रोमेरो

    नेपालमञ्च संवाददाता
    साउन २४ २०७९, मंगलबार
    195
    SHARES

    काठमाडौं – बोका जुनियर्सले अर्जेन्टिनी इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्वगोलकिपर सर्जियो रोमेरो अर्जेन्टिनी क्लब बोका जुनियर्ससँग अनुबन्ध हुने भएका छन् । मार्टिनेजले सन् २०१५ देखि २०२१ सम्म ओल्ड ट्राफोर्डबाट खेलेका थिए । रोमेरोले ‘फ्रि ट्रान्सफर’मा जुनियर्ससँग दुई वर्षको सम्झौता गरेका हुन् ।

    अर्जेन्टिनाको रेसिङ क्लब व्यावसायिक करियरको सुरुवात गरेका उनी २००७ मा युरोपियन क्लब अनुबन्धित भएका थिए । सन् २०१४ को विश्वकपमा अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका उनले पछिल्लो पटक २०१८ मा राष्ट्रिय टिमबाट खेलेका थिए । उनले राष्ट्रिय टिमबाट ९६ क्याप जितेका छन् ।

    पछिल्लो सिजन इटालियन क्लब भेनेजियाबाट खेलेका उनले क्लबबाट १६ खेलमा मौका पाएका थिए । भेनेजिया सिरी बी मा रेलिगेट भएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend