Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • नर्भिक अस्पताललाई अल्टिमेटम दिएर फर्किए मेयर बालेन्द्र

    नर्भिक अस्पताललाई अल्टिमेटम दिएर फर्किए मेयर बालेन्द्र

    नेपालमञ्च संवाददाता
    साउन २४ २०७९, मंगलबार
    285
    SHARES

    काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह थापाथलीस्थित नर्भिक अस्पतालको संरचना हटाउन पुगेका छन् ।

    सोमबार २४ घन्टे अल्टिमेटम दिएको महानगरपालिकाले मंगलबार दिउँसो नर्भिक अस्पतालमा विना नक्सापास बनेका संरचना भत्काउन प्रहरी र महानगरका टोली लिएर मेयर शाह आफैं पुगेका हुन् ।

    उनले अस्पताललाई संचरना हटाउन अल्टिमेटम दिएर फर्किएका छन् । मेयर शाहले १० दिन, १५ दिन एक महिना कति लाग्छ समय दिनुपर्ने बताए ।

    उनले भने, ‘अक्सिजन प्लान्ट झिक्दा प्यासेन्ट लाई गाह्रो हुन्छ भन्ने कुरा अस्पतालबाट भयो ।’

    नर्भिक अस्पताललाई पत्र काट्दै सरकारसंग भएका सम्झौताविपरित र नक्सापास स्वीकृत नगरी निर्माण भएको भन्दै हटाउन भनेको थियो ।

    नर्भिक अस्पतालले भने तत्काल संरचना हटाउन नसक्ने बताएको छ । मेयर बालेन्द्र पुगेसँगै अस्पतालका कर्मचारीहरुले उनलाई नभत्काउन आग्रह गरेका थिए ।

    उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई लिखित रुपमै संरचना हटाउन नसकिने भनेर पत्र पठाएको बताएका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend