Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • दलित वडा सदस्यमा उम्मेदवार नभए अल्पसंख्यकलाई दिउँ : सांसद चौधरी

    दलित वडा सदस्यमा उम्मेदवार नभए अल्पसंख्यकलाई दिउँ : सांसद चौधरी

    नेपालमञ्च संवाददाता
    साउन २४ २०७९, मंगलबार
    168
    SHARES

    काठमाडाैं – सांसद लक्ष्मीकुमारी चौधरीले ‘उम्मेदवार नभएर खाली भएको दलित वडा सदस्य पदमा पुनः निर्वाचन गर्ने’ प्रस्ताव राखेकी छन् । दलित सदस्य नभएर खाली भएका कारण उक्त पदमा अल्पसंख्यकलाई उठ्न दिनुपर्ने पनि उनको प्रस्ताव छ ।

    मंगलबार बसेकाे प्रतिनिधिसभा बैठकमा निर्वाचनमा महिला पुरुषको समान सहभागिता हुनुपर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि समर्थन नजाउने क्रममा उनले यस्तो बताएकी हुन ।

    ‘उम्मेदवार नभएर खाली भएको दलित वडा सदस्य पदमा अल्पसंख्यक उठ्न पाउने गरी पुनः निर्वाचन गर्नुपर्छ,’ उनले भनिन् ।

    सांसद लक्ष्मी परियार, अमृता थापा लगायतले पनि उम्मेदवार नभएर खाली भएको दलित वडा सदस्य पदमा पुनः निर्वाचनका लागि सरकारको ध्यानाकर्षण गरेका छन् । यसका लागि प्रचलित निर्वाचन ऐन संशोधन आवश्यक भएकाले त्यसमा ध्यान दिनुपर्नेमा पनि सांसदहरुको जोड रहेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend