Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो

    सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो

    नेपालमञ्च संवाददाता
    साउन २४ २०७९, मंगलबार
    213
    SHARES

    काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।

    आज छापावाल सुन तोलामा ९६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार प्रतितोला ९५ हजार आठ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ९६ हजार चार सय रुपैयाँ कायम भएको छ ।

    चाँदीको भाउ भने एकैपटक प्रतितोला ३५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक हजार २०५ रुपैयाँबाट बढेर एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend