Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • काठमाडौं महानगरलाई नर्भिकको जवाफ– तत्काल भवन भत्काउन सक्दैनौं

    काठमाडौं महानगरलाई नर्भिकको जवाफ– तत्काल भवन भत्काउन सक्दैनौं

    नेपालमञ्च संवाददाता
    साउन २४ २०७९, मंगलबार
    582
    SHARES

    काठमाडौँ – नर्भिक अस्पतालले तत्काल भवन भत्काउन नसक्ने जवाफ दिएको छ । नर्भिकले काठमाडौं महानगरपालिकालाई आफुहरुले सरकारसँग सम्झौता गरेर जग्गा लिएकाले तत्काल भवन भत्काउन नसक्ने बताएको हो ।

    नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले मंगलबार पत्रकार सम्मेलन गर्दै आफूहरुले २९ वर्षअघि सरकारसँग सम्झौता गरेर जग्गा भाडामा लिएकोले नभत्काउने बताए ।

    ‘आजसम्म कुनै कम्प्लेन छैन् । एकाएक आजभन्दा ८र१० दिनअघि बागमती प्रदेशको पर्यटनमन्त्री आएर हटाउनपर्छ भन्नुभएछ,’ मिश्रले भने, ‘त्यसपछि मैले कन्ट्याक्ट गर्दा उहाँ आउनुभएन ।’

    आफ्नो अस्पतालमा सयौं बिरामीहरु क्रिटिकल अवस्थामा रहेको भन्दै उनले तत्काल भत्काउन नसक्ने बताए ।

    सोमबार काठमाडौं महानगरले नर्भिक अस्पतालको भवन २४ घन्टाभित्र हटाउन निर्देशन दिएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend