Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • थाइल्यान्डको नाइटक्लबमा आगलागी, १४ जनाको मृत्यु

    थाइल्यान्डको नाइटक्लबमा आगलागी, १४ जनाको मृत्यु

    नेपालमञ्च संवाददाता
    साउन २१ २०७९, शनिबार
    105
    SHARES

    बैंकक : दक्षिणपूर्व थाइल्यान्डको चोनबुरी प्रान्तस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । आगलागीमा ४० जना घाइते भएका छन् ।

    स्थानीय समयअनुसार शुक्रबार एक बजे सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा उक्त आगलागी भएको थियो । आगलागीपछि मानिसहरुको भागदौड मच्चिएको थियो ।

    आगलागीको कारण खुलेको छैन् । एक तले उक्त भवनको पर्खालबाट आगो सल्किएको हुन सक्ने अग्नि नियन्त्रकहरुले अनुमान गरेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend