Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • चीनको पक्षमा उभियो माओवादी, राष्ट्रिय एकतामा बाधा नगर्न चेतावनी

    चीनको पक्षमा उभियो माओवादी, राष्ट्रिय एकतामा बाधा नगर्न चेतावनी

    नेपालमञ्च संवाददाता
    साउन २० २०७९, शुक्रबार
    144
    SHARES

    काठमाडौँ – नेकपा माओवादी केन्द्रले ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति ध्यानाकर्षण भएको बताएको छ ।

    शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिमा आफूहरूको विरोध रहने धारणा सार्वजनिक गरेको हो ।

    ‘ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नीतिप्रति प्रष्ट छ । चीनको राष्ट्रिय एकता प्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ ।’


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend