Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • ओलीको जासुसी गर्न सरकारले गुप्तचर परिचालन गरेको छैन् : प्रवक्ता कार्की

    ओलीको जासुसी गर्न सरकारले गुप्तचर परिचालन गरेको छैन् : प्रवक्ता कार्की

    नेपालमञ्च संवाददाता
    साउन २० २०७९, शुक्रबार
    135
    SHARES

    काठमाडौँ – सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जासुसीका लागि गुप्तचर नखटाइएको स्पष्ट पारेको छ ।

    शुक्रबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापिङ गरी वैयक्तिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको कुरा स्पष्ट पारेका हुन् ।

    ‘केही सञ्चारमाध्यममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापिङ गरी वैयक्तिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको कुरा स्पष्ट पार्न चाहन्छु’, कार्कीले भनेका छन्, ’यस्तो भ्रममा कोही पनि नपर्नु हुन अनुरोध गर्दछु ।’

    कार्कीले कुनै नागरिकको गोप्य रुपमा फोन ट्यापिङ नगरेको पनि बताएका छन् । ’सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सचेत छ’, उनले भने, ’यसको सम्मान र सम्वर्द्धन गर्न प्रतिवद्ध छ भन्ने कुरा पनि म जानकारी गराउन चाहन्छु ।’

    बिहीबार परराष्ट्र मामिलाका पत्रकारहरूसँगको अन्तरक्रियाका क्रममा ओलीले आफूविरुद्ध जासुसीका लागि सरकारले चारजना गुप्तचर नै परिचालन गरेको बताएका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend