
काठमाडौं : स्थानीय तह निर्वाचनका कारण पछाडि धकेलिएको ‘फ्लाएर्स फिल्म अवार्ड–२०७९’ आउँदो ५ कात्तिक आयोजना हुँदै छ । प्रदेश १ मै पहिलोपटक हुन लागेको यो फिल्म अवार्ड ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बईको डिजाइनमा आयोजना गर्दै छ ।
विराटनगरमा हुने अवार्ड शोको मनोनयन विधा आयोजकले सार्वजनिक गरेका छन् । मनोनयनमा बेस्ट हिरो, बेस्ट हिरोइन, बेस्ट डिरेक्टर, बेस्ट म्युजिक डिरेक्टर, बेस्ट एक्सन डिरेक्टर, बेस्ट कोरियोग्राफर, बेस्ट प्लेब्याक सिंगर मेल, बेस्ट प्लेब्याक सिंगर फिमेल, बेस्ट कोमिक रोल मेल, बेस्ट सिनेमाटोग्राफी, बेस्ट डेब्यु मेल हिरो, बेस्ट डेब्यु फिमेल हिरोईन, बेस्ट सपोर्टिङ एक्टर मेल, बेस्ट सपोर्टिङ एक्टर फिमेल, बेस्ट इन नेगेटिभ रोल, बेस्ट स्टोरी, बेस्ट स्कृनप्ले, बेस्ट लिरिक्स, बेस्ट मुभी अफ द ईयर, लाईफ टाइम अचिभ्मेन्ट अवार्ड, पब्लिक च्वाइस बेस्ट हिरो अवार्ड, पब्लिक च्वाइस बेस्ट हिरोईन अवार्ड र जुरि अवार्ड गरि २३ विधा छन् ।
आयोजकका अनुसार यतिबेला आवेदन खुल्ला गरिएको र २०७६, २०७७ र २०७८ सालमा प्रदर्शन भएका नेपाली फिल्महरुलाई यो अवार्डमा निःशुल्क दर्ता गरिनेछ । आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम निर्देशक साइमन राजवंशीले मोफसलमा समेत नेपाली फिल्मको विकास, विस्तार र उन्नतिको लक्ष्य लिएर पहिलो संस्करण विराटनगरमा आयोजना गर्न लागिएको बताए ।
‘विराटनगरजस्तो ठूलो सहरमा समेत नेपाली फिल्मको बजार उच्च छैन । कतिपय राष्ट्रियस्तरका कलाकारलाई समेत दर्शकले चिन्दैनन् । त्यसैले यो अवार्डले नेपाली फिल्म तथा कलाकारप्रति दर्शकको अभिरुचि बढाउने विश्वास लिएका छौँ,’ उनले भने ।
अवार्ड समारोहको अध्यक्षमा मुकेश बुढाथोकी, उपाध्यक्षमा रविन थापा, प्रबन्ध निर्देशकमा चन्द्रप्रकाश राजवंशी, एक्टिभिटिज डाईरेक्टर हरि सिवाकोटी, बजार प्रमुखमा चन्द्रमणि सिवाकोटी रहेका छन् भने प्रमुख सल्लाहकारमा अनिशसिंह ठकुरी, सल्लाहकारमा विवेक न्यौपाने, कार्यक्रम संयोजकमा आशिमा दुतराज, सञ्जु सापकोटा र रविना राजवंशी, व्यवस्थापनमा विमल धमला र कलाकार संयोजनमा आइपी आचार्य छन् ।
-
अस्पताल खारेज गर्ने निर्णय विरुद्ध नागरिक समाज आन्दोलित
-
अछामका १० वटा पालिकाको वार्षिक राजश्व ६ करोड
-
बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा
-
पछिल्लो २४ घण्टामा थप १०९० जनामा कोरोना संक्रमण पुष्टि
-
नरदेवी क्षेत्रमा प्रहरीले बढायो निगरानी, ३ जना हुण्डी कारोबारी पक्राउ
-
आगामी निर्वाचनमा हामी महिला प्रत्यक्ष चुनाव लड्ने हिम्मत राख्छौंः डिला संग्रौला
-
कांग्रेस जनप्रतिनिधिको दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले प्रशिक्षण दिने
-
फोहोर बोक्ने गाडी तोडफोडमाथि कडा कारबाही गर्ने मेयर बालेन्द्रकाे चेतावनी
-
विहारमा नितिशले तोडे भाजपासँगको गठबन्धन
-
अर्जेन्टिना पुगे गोलरक्षक सर्जियो रोमेरो