Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • विराटनगरमा साइकलको ठक्करबाट एक वृद्धको मृत्यु

    विराटनगरमा साइकलको ठक्करबाट एक वृद्धको मृत्यु

    नेपालमञ्च संवाददाता
    साउन २० २०७९, शुक्रबार
    78
    SHARES

    मोरङ – मोरङको बिराटनगर महानगरपालिका–१९ मिलनचोकमा आज बिहान साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा पैदलयात्री मोरङकै ग्रामथान गाउँपालिका–२ का ७० वर्षीय हर्कदेव सरदार रहेका छन् ।

    ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिराटनगर स्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो ।

    ग्रामथान गाउँपालिका–२ कै ३५ वर्षीय बिनोद मोडियारीले चलाएको साइकलले आज बिहान साढे ७ बजे वृद्धलाई ठक्कर दिएको थियो ।

    दुर्घटना पश्चात् साइकलयात्री फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी झोराहाट मोरङले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend