Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • तपाईलाई थाहा छ ? पुरुषमा पनि स्तन क्यान्सर हुन्छ

    तपाईलाई थाहा छ ? पुरुषमा पनि स्तन क्यान्सर हुन्छ

    डा. अरूण शाही
    साउन २० २०७९, शुक्रबार
    450
    SHARES

    पुरुषमा हुने स्तन क्यान्सर धेरै किसिमको हुन्छ । यसका लक्षणाहरु पनि धेरै किसिमका हुन्छन् । त्यसमध्य पनि मेरो कार्यानुभवमा मैले भेटेको सबैभन्दा बढी भनेको गिर्खा हुनु हो । कहिलेकाहीँ स्तनमा गिर्खा आउछ । त्यो बाहेक स्तनको मुन्टाबाट सेतो पानी बग्ने अथवा रगत बग्ने, सुनिने अथवा स्तनको मुन्टोभित्र जाने गर्दछ । जुन हामीले सामान्य उपचार गर्दापनि निको हुँदैन त्यस्तो अवस्तामा हामीले कतै आफूलाई स्तन क्यान्सर त भएको होइन भनेर शंका गर्न जरुरी छ ।

    धेरैजसो स्तन क्यान्सर भएका पुरुषहरु ६० बर्ष माथिका पाइएको छ । मलाई लाग्छ ९० प्रतिशत भन्दा बढी बिरामी ६० बर्ष माथिका छन् । यो भन्दा कम उमेरकालाई स्तन क्यान्सर हुँदै नहुने त होइत तर अत्यन्त न्युन हुन्छ । अहिले सम्मको सबै अनुसन्धान , तथ्याङ्क र यो रोगको प्रकृति हेर्दा स्तन क्यान्सर पुरुष अथवा महिलामा ५० बर्ष पछाडि देखिने हुन्छ ।

    अधिकांशमा भने खास लक्षण थाहा नहुने भएकाले गम्भीर अवस्था पुगेपछि मात्र यो रोग पत्ता लाग्ने गरेको छ । अझ पुरुषहरुमा हुने स्तन क्यान्सर सुरुवाती अवस्थामा थाहा नै पाउन गाह्रो छ । हामी कतिपयलाई पुरुषहरुलाई पनि स्तन क्यान्सर हुन्छ भन्ने नै थाहा हुँदैन । स्तन क्यान्सरको लक्षण देखिएपनि अन्य रोगको उपचारमा लागेको पनि हामीले भेटेका छौँ । हाम्रो नेपालमा अहिलेसम्म तथ्याङ्क राख्न सम्यन्त्र पनि छैन तर पनि जति उपलब्ध छन् त्यो हेर्दा एक प्रतिशत भन्दा बढी पुरुषलाई स्तन क्यान्सर हुन्छ ।

    उदाहरणका लागि १ सय जनामा ९९ जना पुरुषलाई लाग्ने गरेको अध्ययनहरुले देखाएका छन् । मेरो यो ५—७ बर्षको अनुभवमापनि ६–७ जना पुरुषमा स्तनक्यान्सर भएको भेटेको छुँ । उहाँहरुको लक्षण हेर्दा धेरैजासो मोटो पुरुषहरु भेटेको छु । आर्को चाही उहाँको परिवारमा कुनै न कुनै क्यान्सर भएको पाइएको छ ।

    नेपालमा पुरुषमा पनि स्तन क्यान्सर हुन्छ भन्ने सोच नै नपुगेको भेटिन्छ । स्तन क्यान्सरको जोखिम बढाउने विभिन्न कारक तत्वमध्ये परिवारमा कसैलाई क्यान्सर भएको इतिहास, केही अनुवांशिक परिवर्तनहरू, मोटोपना, हर्मन थेरापीहरू पर्दछन्। रोकथाम तथा रोगको पहिलो चरणमा पत्ता लगाई शीघ्र उपचार सुरु गर्नु नै यस रोगले पार्ने असर तथा मृत्युबाट जोगिने उपाय हो ।

    नियमित व्यायाम, स्वस्थ खानपान तथा मोटोपना र तौल नियन्त्रणहरू यसको केही रोकथामका उपायहरू हुन्, जसले स्वास्थ्य सम्बन्धी अन्य थुप्रै समस्याहरुबाट पनि बचाउन मद्दत गर्छन् । सबैले आफ्नो स्वास्थ्य परिक्षण नियमित गर्दा लाभ नै हुन्छ त्यो नभए ५० वर्ष उमेर पुगेपछि वर्षमा कम्तिमा एक पटक स्वास्थ्य परीक्षण गर्नु फाइदाजनक छ । समयमै समस्या पहिचान भएमा समयमै उपचार पाइन्छ जसका कारण ज्यानको जोखिम पनि कम हुन्छ अर्को कुरा उपचार खर्च पनि कम लाग्छ । त्यसैले कुनैपनि लक्षणहरु देखिए तुरुन्त चिकित्ससँग परामर्श गर्न आग्रह गर्दछु । यो रोग पहिलो चरणमै पत्ता लगाउन सक्यो भने यसलाई पूर्णतया निको पार्न सकिन्छ भन्ने कुरा धेरैलाई जानकारी नहुन सक्छ ।

    त्यसैले यसको अवस्था पत्ता लगाउन स्क्रिनिङ ( कुनै पनि रोगको लक्षण नदेखिँदैमा विभिन्न पद्दतिहरुद्वारा गरिने परीक्षणहरु ) गरिन्छ । स्तन क्यान्सरका स्क्रिनिङका उपायहरूमा स्वयं गरिने स्तन परीक्षण, चिकित्सकद्वारा गरिने स्तन परीक्षण तथा मेमोग्राफी पर्दछन् । अर्को कुरा महिला र पुरुषको उपचारबिधि पनि एउटै हुन्छ । खासगरी तिन तरिकाबाट यसको उपचार गर्ने विधि रहेका छन् । पहिलो चरणमा बिरामीको अपरेशन गरेर स्तनमा भएका गाँठो काटेर फ्याँकिन्छ । दोस्रो विधिमा केमोथेरापी दिइन्छ भने तेस्रो विधिमा रेडिएशन विधिको प्रयोग गरिन्छ ।

    नेपालमञ्च संवाददाता प्रकाश बस्यालसँग गरेको कुराकानीमा आधारित


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend