
काठमाडौं : इटहरी क्रिकेट एकेडमीको आयोजनामा सुनसरी जिल्लामा पहिलो पटक अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ । २२ साउनदेखि हुने प्रतियोगितामा सुनसरी जिल्लाका विद्यालयहरूले सहभागिता जनाउन पाउने आयोजकको भनाइ छ ।
प्रतियोगिताको विजेता टोलीले मेडल, ट्रफी र प्रमाण पत्र पाउने इटहरी क्रिकेट एकेडमीका सचिव तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले बताए । पौडेलका अनुसार प्रतियोगिताका उत्कृष्ट ३५ खेलाडीलाई इटहरी क्रिकेट एकेडमीले सम्बन्धित विद्यालयसँगको समन्वयमा नियमित प्रशिक्षण दिनेछ ।
पौडेलले प्रतियोगिता आयोजनाको मुख्य उदेश्य भनेको सुनसरी जिल्लामा विद्यालय स्तरबाटै क्रिकेट खेलाडीहरु उत्पादन गर्नु रहेको बताए ।
उनले भने, ‘यो प्रतियोगिता मात्र नभएर विद्यालय स्तरका खेलाडीहरूको छनोट पनि हो । प्रतियोगिता नेपालकै दोस्रो इन्डोर क्रिकेट हल इटहरी क्रिकेट रंगशालाको इन्डोर क्रिकेट हलमा हुनेछ ।’
प्रतियोगिताका लागि सम्बन्धित विद्यालयले आफ्नो टोली दर्ता गर्ने समयावधि २० साउनसम्म रहेको छ ।
-
आगामी निर्वाचनमा हामी महिला प्रत्यक्ष चुनाव लड्ने हिम्मत राख्छौंः डिला संग्रौला
-
कांग्रेस जनप्रतिनिधिको दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले प्रशिक्षण दिने
-
फोहोर बोक्ने गाडी तोडफोडमाथि कडा कारबाही गर्ने मेयर बालेन्द्रकाे चेतावनी
-
विहारमा नितिशले तोडे भाजपासँगको गठबन्धन
-
अर्जेन्टिना पुगे गोलरक्षक सर्जियो रोमेरो
-
निर्वाचनका लागि एमालेले गरायो आयोगमा दल दर्ता
-
नर्भिक अस्पताललाई अल्टिमेटम दिएर फर्किए मेयर बालेन्द्र
-
सान्जेन जलविद्युत कम्पनीले ५ भदौदेखि आइपीओ खुला गर्ने
-
प्रचण्डको जापान भ्रमण, लिवरल डेमोक्रेटिक पार्टीका शीर्ष नेतासँग भेटवार्ता
-
प्रेमीको पत्नीलाई ३.७९ मिलियन युआन क्षतिपूर्ति दिन अदालतको आदेश !