Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • ४९ लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

    ४९ लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

    नेपालमञ्च संवाददाता
    साउन १९ २०७९, बिहिबार
    192
    SHARES

    काठमाडौं : महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले कपनको भृकुटी चोकबाट हुण्डी कारोबारमा संलग्न एक जनालाई बुधबार राती पक्राउ गरेको छ ।

    सादा पोशाकमा खटेको प्रहरी टोलीले गोरखा चुमनुव्री गाउँपालिका घर भई हाल काठमाडौँ तीनचुली बस्ने वर्ष २४ को धावा घ्याल्चेनलाई राति पक्राउ गरेको हो ।

    बुधबार साँझ भृकुटीचोक सडकखण्डमा जाँचका क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा स्रोत नखुलेको रु ३२ लाख र निज घ्याल्जेनको कोठमा समेत जाँच गर्दा रु १७ लाख ५० हजार गरी रु ४९ लाख ५० हजार बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

    निजको नातामा काका पर्ने खेम्बु निङ्मा दोर्जे हाल ताइवानमा रहेको र काकाले पैसा पठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले सोही रकम हुण्डीमा प्रयोग हुने गरेको आशङ्का रहेको बताउँदै यसबारे थप अनुसन्धान भइरहको जानकारी दिएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend