
सप्तरी : सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ ।
कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् ।
उनीहरु ससुरा–बुहारी हुन् । इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो ।
अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताउनुभयो ।
यस्तै सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा ५६ वर्षीय शिवशङ्कर साहको समेत करेन्ट लागेर मृत्यु भएको छ ।
आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको हो ।
-
फोहोर बोक्ने गाडी तोडफोडमाथि कडा कारबाही गर्ने मेयर बालेन्द्रकाे चेतावनी
-
विहारमा नितिशले तोडे भाजपासँगको गठबन्धन
-
अर्जेन्टिना पुगे गोलरक्षक सर्जियो रोमेरो
-
निर्वाचनका लागि एमालेले गरायो आयोगमा दल दर्ता
-
नर्भिक अस्पताललाई अल्टिमेटम दिएर फर्किए मेयर बालेन्द्र
-
सान्जेन जलविद्युत कम्पनीले ५ भदौदेखि आइपीओ खुला गर्ने
-
प्रचण्डको जापान भ्रमण, लिवरल डेमोक्रेटिक पार्टीका शीर्ष नेतासँग भेटवार्ता
-
प्रेमीको पत्नीलाई ३.७९ मिलियन युआन क्षतिपूर्ति दिन अदालतको आदेश !
-
लुम्बिनी प्रदेशमा चार महिनालाई पुग्ने खाद्यान्न मौज्दात
-
दलित वडा सदस्यमा उम्मेदवार नभए अल्पसंख्यकलाई दिउँ : सांसद चौधरी