Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • कांग्रेस नेतृ सुजाता कोइरालाको स्वास्थ्यमा समस्या, दिल्लीमा उपचार हुँदै

    कांग्रेस नेतृ सुजाता कोइरालाको स्वास्थ्यमा समस्या, दिल्लीमा उपचार हुँदै

    नेपालमञ्च संवाददाता
    साउन १८ २०७९, बुधबार
    1.5K
    SHARES

    काठमाडौं : नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाको स्वास्थ्यमा समस्या देखिएको छ । उनी उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन् ।

    कोइरालाको सचिवालयका अनुसार उनको यति बेला नयाँ दिल्लीमा रहेको म्याक्स अस्पतालमा उपचार भइरहेको छ ।

    ‘दुई तीन दिन भयो, उहाँ अस्पताल भर्ना भएको छ,’ कोइरालाको सचिवालयका एक सदस्यले नयाँ दिल्लीबाट नेपालमञ्चसँग भने, ‘केहि दिन अस्पतालमै रहनुहुन्छ ।’

    कोइरालाको रोगकाबारेमा भने केहि खुलाइएको छैन । उनी यसअघि क्यान्सर रोगबाट पीडित थिइन् । तर क्यान्सर जितेर उनी राजनीतिमा सक्रिय भएकी थिइन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend