Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • मुग्लिनको जाममा परेपछि एमाले सचेतकको आक्रोश– गठबन्धन सत्ता स्वार्थमा लाग्यो

    मुग्लिनको जाममा परेपछि एमाले सचेतकको आक्रोश– गठबन्धन सत्ता स्वार्थमा लाग्यो

    नेपालमञ्च संवाददाता
    साउन १८ २०७९, बुधबार
    1.8K
    SHARES

    काठमाडौँ – नेकपा एमालेकी सचेतक शान्ता चौधरी नारायणघाट–मुग्लिनको जाममा परिन । मंगलबार साँझ काठमाडौंबाट दाङका लागि हिँडेकी चौधरी मुग्लिनको जाममा परेकी हुन् । चौधरी जाममा पर्दाको पीडा भन्दा उपचार गराउन एम्बुलेन्समा छट्पटिएका बिरामीको आँखामा परे । उनले बिरामीलाई समयमा अस्पताल पुर्याउनका लागि सडक खोल्न आफूले सकेको प्रयास गरीन । जाममा पर्दा उनका आँखा उपचार नपाएर उम्बुलेन्समा छट्पटाइरहेका बिरामीका आँखामा पुगे ।

    ‘आज निकै लामो सडक जाममा परियो । मुग्लिन नारायणघाट सडक खण्डमा जाममा रातभरी बसिरहदा मेरा आखा बिरामी बोकेका एम्बुलेन्सहरु तिरै डौडिरहे ।बिरामीका छटपटाहाट देखेर म बेला बेला भक्कानिन पुग्थें । कहिले उकुसमुकुस भएर सडक डिभिजन कार्यालयलाइ फोन गर्थे कहिले पुलिसलाई,’ चौधरीले भनिन्, ‘हामी सबै जिम्मेवार बनौं। जनताको जिन्दगीसँग खेलबाड नगरौं । अति संवेदनशील सडकहरु समयमा मर्मत गरौं । देशको मुख्य सडक समेत नियमित गराउन नसक्ने हामीले ठुला कुरा गरेर के गर्नु ?’

    साथै उनले गठबन्धन सरकार सत्ता स्वार्थमा तल्लिन रहेको बताइन् । चौधरीले गठबन्धनलाई जनताका वास्तविक समस्या पनि छन् भन्ने बोध कहिले होला ? भन्दै प्रश्न गरेकमी छन् ।

    ‘सत्ता स्वार्थमा तल्लिन सरकार र दलहरुले कसैलाई सफाई दिएर मन्त्री बनाउन मात्रै ध्यान दिने परम्पराको कहिले अन्त्य होला ? गठबन्धनलाई जनताका वास्तविक समस्या पनि छन् भन्ने बोध कहिले होला ?,’ उनले प्रश्न गरेकी छन्, ‘मन्त्री बाडँफाड गर्ने र मन्त्री हुने दाउ भन्दा माथि उठेर जनताका समस्यासंग जुध्ने सरकार बनाउन अब ढिलो गर्नु हुँदैन । सत्ता जोगाउने लिप्त रहनेहरुलाई एम्बुलेन्स भित्रको चिच्याहट के थाहा हुन्छ र ?’


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend