Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • क्रिकेट: सन्दीप बीबीएलको ड्राफ्टमा

    क्रिकेट: सन्दीप बीबीएलको ड्राफ्टमा

    नेपालमञ्च संवाददाता
    साउन १८ २०७९, बुधबार
    81
    SHARES

    काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) नयाँ सिजनका लागि ड्राफ्टमा परेका छन् ।

    २८ अगस्टबाट सुरु हुने नयाँ सिजनका लागि बीबीएलले सार्वजनिक गरेको ड्राफ्टमा स्थान बनाउने सन्दीप एक मात्र नेपाली खेलाडी हुन् ।

    पछिल्लो दुई संस्करणमा भने उनले होबर्ट हुरिक्यान्सबाट खेलेका थिए । गत सिजन उनले होबर्ट हुरिक्यान्सबाट १४ खेलमा १४ विकेट लिएका थिए । सन् २०१८ देखि २०२० सम्म भने उनले दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए ।

    यसअघि सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल) को क्लब जमैका तल्लावाजले अनुबन्ध गरेको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend