Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • प्रदेश १ का मुख्यमन्त्रीलाई कोरोना संक्रमण, पुर्वनिर्धारित सबै कार्यक्रम स्थगित

    प्रदेश १ का मुख्यमन्त्रीलाई कोरोना संक्रमण, पुर्वनिर्धारित सबै कार्यक्रम स्थगित

    नेपालमञ्च संवाददाता
    साउन १७ २०७९, मंगलबार
    117
    SHARES

    विराटनगर – प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित उनका परिवारजन कोरोना सङ्क्रमित भएका छन् ।

    मुख्यमन्त्री राईसहित उनकी श्रीमती शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राई कोरोना सङ्क्रमित भएका हुन् ।

    मुख्यमन्त्रीका सचिवालयका १६ जनामा सोमवार पीसीआर परीक्षण गरिएको थियो भने सो क्रममा तीन जनामा कोरोना संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको तथा मुख्यमन्त्रीका पुर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको छ ।

    संक्रमित तीनै जना हाल होम आइसोलेसनमा रहेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend