२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
बैतडीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ६ घाइते
नेपालमञ्च संवाददाता
२०७८ बैशाख २१ मंगलवार
  •  
  •  
  •  
  •  

79

बैतडी : बैतडीमा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

से १ ज १८३ नम्बरको जिप जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर-६ को गणमेश्रमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर मृत्यु हुनेमा अन्दाजी ५० वर्षीय जीतसिंह भण्डारी, अन्दाजी ३० वर्षीय डम्मरसिंह भण्डारी, अन्दाजी २७ वर्षीय हिक्मत भण्डारी र अन्दाजी ४० वर्षीय दीपक भण्डारी रहेको प्रहरीले जनाएको छ ।

मृतक सबै वडा नम्बर-६ कै स्थानीय रहेको घटनास्थलमै रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उनका अनुसार घाइते ६ जनालाई उपचारको लागि जिल्ला अस्पतात बैतडी ल्याइँदै छ ।

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउँदै गरेको जिप दुर्घटनामा परेको हो ।

घाइतेलाई हतारमा अस्पताल पठाइएकोले अवस्थाबारे अहिले भन्न नसकिने खड्काले बताए ।

जिपमा १० जना यात्रु सवार थिए । प्रहरीका अनुसार घटनाको कारण खुल्न सकेको छैन ।

भर्खरै