२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
पदमुक्त भएका गण्डकीका प्रदेश प्रमुख भन्छन् : राजीनामा मागेको भए तत्कालै छोडिहाल्थे नि !
नेपालमञ्च संवाददाता
२०७८ बैशाख २१ मंगलवार
  •  
  •  
  •  
  •  

173

कास्की : गण्डकीका पूर्व प्रदेशप्रमुख अमिक शेरचनले नेपालको राजनीति निरंकुशतातिर धकेलिएको बताएका छन् ।

सोमबार मात्र पदमुक्त भएका शेरचनले आफूलाई जानकारीबिनै हटाइएको र यसबाट मिडियामार्फत थाहा पाएको जनाए ।

‘पहिल्यै भनेको भए मैले राजीनामा दिन्थेँ,’ पोखरामा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘म नमान्दा-नमान्दै थामिएको पद थियो । रहरले भन्दा पनि बाध्यताले आएको थिएँ । संसद् विघटन हुने बेला नै राजीनामा दिने तयारी गरेँ । प्रचण्डले रोकेका कारण दिएको थिइनँ । अहिले आफैं हटाइयो ।’

उनले राजनीतिमा ६२ वर्ष बिताएको जनाउँदै आफूलाई कुनै पनि पदको लोभ नभएको बताए ।

अबका दिनमा खुला राजनीतिमा सक्रिय रहने भन्दै उनले आफूले पदीय मान्यता विपरीत कार्य नगरेको दाबी गरे ।

‘पहिला ओलीजीले प्रस्ताव गर्दा अस्वीकार गरेँ,’ उनले भने, ‘प्रचण्डजीले पनि भन्नुभयो । तर पछि पार्टीले निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताका रूपमा पद स्वीकार गरेको हुँ ।’

पदबाट हटाइएकोमा उनले ‘अधिकारविहीन खुला जेलबाट मुक्त हुन पाउँदा खुसी रहेको’ भनी प्रतिक्रिया दिए ।

शेरचनलाई राष्ट्रपति भण्डारीले सोमबार साँझ पदमुक्त गरेकी थिइन् । उनको ठाउँमा एमाले नेत्री सीता पौडेल आएकी छन् ।

भर्खरै